अपि पावरको खुद नाफा ३१ करोड १६ लाख


काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३१ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३८.३८ प्रतिशत बढेर ८५ करोड ८० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ३३.६६ प्रतिशतले बढेर ७१ करोड ८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २२९.११ प्रतिशत बढेर ७१ करोड ५२ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ५७.९९ प्रतिशत बढेर ३३ करोड ९३ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ १९ पैसा बढेर १० रुपैयाँ २६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.८३ गुणा रहेको छ।

चुक्ता पूँजी ६ अर्ब ७ करोड रुपैयाँ रहेको यस कम्पनीको अन्य इक्विटी ५५ करोड ७६ लाख रुपैयाँ रहेको छ।

प्रकाशित मिति: २७ माघ २०८१, आइतबार  ११ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।