सुनको मूल्य एक लाख ७० हजार माथि


काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला छ सय रुपैयाँ बढेको हो । सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति: २९ माघ २०८१, मंगलबार  ११ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।