डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र ग्यासको यथावत


नेपाल आयल निगमले डिजेल र मट्टीतलको मूल्य समायोजन गरी घटाएको छ । निगमले बुधबार रातीदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूलय प्रतिलिटर एक एक रुपैंयाको दरले घटाएको हो ।

निगमका अनुसार अब डिजेल र मट्टीतेलको प्रतिलिटर बिक्री मूल्य ९० रुपैंया कायम भएको छ । यो मूल्य काठमाण्डौं डिपोको १५ किलोमिटर आसपासका लागि मात्र लागू हुने निगमले जनाएको छ ।

पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

हाल सीमावर्ती क्षेत्र रक्सौलमा प्रतिलिटर पेट्रोलको मूल्य भारतमा भन्दा २९ रुपैंया ४४ पैसा र डिजेल ३६ रुपैंया ३८ पैसा सस्तो रहेको पनि निगमले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।