सालपा विकास बैंकले बोलायो साधारण सभा, आईपीओ निष्काशनको प्रस्ताव पारित गर्ने


काठमाडौँ । सालपा विकास बैंक लिमिटेडले साधारण सभा बोलाएको छ। बैंकले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न सभा बोलाएको हो ।

बैंकले फागुन २७ गते, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ स्थित शुभम फाउन्डेसनको सभाहलमा बिहान ११ बजे १३ औँ वार्षिक साधारण सभा बोलाएको हो।

सभाले आईपीओ निष्काशनका साथै सोको प्रयोजनार्थ प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहिबार  ०९ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।