अझै बनेन असोजको बाढीले क्षति पुर्‍याएको नख्खुडोलको पुल


काठमाडौं । बाढीबाट क्षति पुगेको नख्खुडोल पुल मर्मत नहुँदा स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।

ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खु खोला पुल गत असोज ११ र १२ गते आएको बाढीले क्षति पुर्‍याएको थियो।

बाढीले प्वाल पारेको पुल फलामको सहायताले दुई पाङ्ग्रे सवारी गुड्न सक्ने गरी अस्थायीरुपमा एकतर्फी सञ्चालनमा ल्याइको छ।

ललितपुर महानगरपालिका–२५ का स्थानीय मुकेश महर्जन नख्खुडोल पुल भत्केपछि करिब डेढ किलोमिटर पश्चिमतर्फको नख्खु पुल हुँदै यात्रा गर्नुपर्ने बाध्यता थपिएको सुनाउँछन्।

त्यसै गरी घर पनि जोखिममा रहेको र सम्बन्धी निकायले समयमै पुल र नदी किनारको कटानमा पर्खाल लगाउने काम समेत नभएको उनले बताए।

प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहिबार  १५ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।