जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि प्रथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले निष्कासन गर्न लागेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।
कम्पनीको आईपीओमा असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन गर्न सकिने शेयर बिक्री प्रबन्धकमा एनआईवीएल क्यापिटलले जनाएको छ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रेहको छ ।
ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत शेयर आवेदन गर्न सक्नेछन ।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बीमा कम्पनीहरुले बीमा समितिको निर्देशन बमोजिम न्यूनतम एक अर्ब चुक्ता पूँजी कायम गर्नुपर्नेहुन्छ ।
इन्स्योरेन्सले गत आर्थिक वर्षमा ५ करोड ६ लाख ख्द नाफा कमाएको थियो । यस अवधिमा कम्पनीले २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७.२३ रुपैयाँ र जगेडा कोषमा ४ करोड ६६ लाख छ । जसको प्रतिशेयर नेटवर्थ ११४.६८ रुपैयाँ कायम भएको छ।
कम्पनीको बीमा कोषमा ५ करोड १० लाख र महाविपत्ती जगेडा कोषमा ५२ लाख रुपैयाँ सञ्चित छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया