काठमाडौँ । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।कम्पनीको फगुन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो ।
कम्पनीले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने छ । यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० करोड रुपैयाँबराबरको ५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात कम्पनीले सो दरमा हकप्रद शेयर निष्काशन गर्नेछ ।
कम्पनीले बैंकको मातृभुमी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी १५ मेगावाट सिसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्नुका साथै बैंक तथा वित्तीय संस्थाको कर्जा भुक्तानी गर्ने उद्देश्यले सो दरमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्ने छ ।










प्रतिक्रिया