लिवर्टी इनर्जीको शेयर आजदेखि कारोबारमा आउने, कति तोकियो ओपनिङ रेञ्ज ?

0
Shares

लिवर्टी इनर्जी कम्पनीको शेयर आजदेखि दोस्रो बजारमा किनबेच गर्न सकिने भएको छ । कम्पनीले गत शुक्रबार एक करोड ५० लाख कित्ता शेयर नेप्सेमा शुक्रबार सूचीकृत गराएको थियो ।

कम्पनीको शेयर सूचीकरण भएसँगै आइतबारदेखि शेयर किनबेच गर्न सकिने नेप्सेले जनाएको छ ।

शेयर सूचीकरण हुनु अगावै सिडीएसीले आईपीओ पाउने सबै लगानीकर्ताको डिम्याट खातामा शेयर पठाइसकेको जनाएको छ ।

कम्पनीले भदौको पहिलो साता ३५ लाख ६४ हजार ९ सय ३० कित्ता आईपीओ बिक्री गरेको थियो ।

कम्पनीको शेयर कारोबारको लागि एलइसी (LEC) कारोबार संकेत प्रदान गरिएको छ । कम्पनीको शेयर न्यूनतम एक सय रुपैयाँदेखि ३०० सय रुपैयाँको रेन्जमा कारोबारमा आउनेछ ।

लिवर्टीको साधारण शेयर एनआईबिएल एस क्यापिटलले निष्काशन गरेको थियो ।

कम्पनीको आइपीओमा आवेदन दिने सबै लगानीकर्ताले शेयर पाएका थिए। जसमा १० देखि ३० कित्तासम्मका लागि आवेदन दिएकाले माग अनुसार नै र ३० कित्ताभन्दा माथि आवेदन दिने २५ हजार ६२० जनाले ४० कित्ता पाएका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।