बैंक र वित्तमा सुधार आउँदा नेप्से ३ अंकले बढ्यो, लिवर्टीको मूल्यमा उच्च उतार-चढाव

0
Shares

साताको पहिलो दिन आइतबारको शेयर कारोबारमा बैंकिङ तथा वित्त समूहमा सुधार आएपछि नेप्से परिसूचक ३ अंकले बढेको छ । प्रि-ओपनिङ सेसनमा २३ अंक बढीले बढेको बजारमा बिक्री चाप परेपछि नियमित कारोबारमा २० अंकले घट्न पुगेको हो ।

बजार खुलेको सुरुवातमै बढेको नेप्से क्रमश: घट्न थालेपछि गत बिहीबारको तुलनामा कारोबार रकममा समेत गिरावट आएको छ । यसदिन १८८ कम्पनीको २ अर्ब ७४ करोड बराबरको कारोबार भयो । कारोबार रकम गत बिहीबारको भन्दा झण्डै एक अर्ब कम हो ।

आइतबारको बजारमा कारोबारमा आएका १२ उप-समूहका सूचक मध्ये वाणिज्य बैंक, विकास बैंक र वित्त उपसमूहको परिसूचक बाहेक सबै सूचक घटेका छन । लगातार बढेको होटल र जलविद्युत कम्पनीको सूचक घटेको छ । होटल र जलविद्युतका कारोबारी नाफा बुक गर्न लागेपछि आज यी समूहको शेयरमूल्य उच्चदरले घटेको छ ।

Sub-Indices Current Points Change %Change  
Banking 1,268.79 19.41 1.55  
Hotels 1,787.88 96.65 5.13  
Development Bank 1,863.84 25.88 1.41  
HydroPower 1,237.68 52.37 4.06  
Finance 755.51 28.66 3.94  
Non Life Insurance 8,077.36 70.11 0.86  
Manu.& Pro. 3,064.01 2.17 0.07  
Others 1,010.33 10.36 1.01  
Microfinance 2,591.65 13.81 0.53  
Life Insurance 9,823.69 56.26 0.57  
Mutual Fund 10.87 0.1 0.95  
 

यसदिन नेप्से परिसूचक ३ अंक बढेर १५७५.१८ विन्दुमा पुगेको छ। यस दिन १८८ कम्पनीको ६४ हजार ५१५ पटकको कारोबारमा २ अर्ब ७४ करोड २७ लाख ९५ हजार रुपैयाँ बराबरको ९२ लाख २३ हजार ७१२ कित्ता शेयर खरीद बिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायान्स लाइफको सबैभन्दा धेरै १९ करोड बढीको शेयर किनबेच भयो । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको १६ करोडको कारोबार हुँदा नेपाल बैंकको पनि १४ करोड बढीको कारोबार भएको छ।

यसदिन खानीखोला हाइड्रो, रिलायन्स फाइनान्स, सप्तकोशी डेभलपमेन्ट, घलेम्दी हाइड्रो, सेन्ट्रल फाइनान्स लगायतको शेयरमूल्य उच्चदरले बढेको छ । आजको बजारमा अधिकांश फाइनान्स कम्पनीको शेयर मूल्य बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-09-20 15:00:00
KKHC 88.00 8.00 10.00
RLFL 159.00 14.00 9.66
SAPDBL 148.00 13.00 9.63
GHL 105.00 9.00 9.38
CFCL 152.00 13.00 9.35
GMFIL 158.00 13.00 8.97
DHPL 86.00 7.00 8.86
BFC 126.00 10.00 8.62
GFCL 187.00 13.00 7.47
MPFL 131.00 9.00 7.38
View All

हिमालयन बैंकले प्राप्ति गर्ने हल्ला चलेपछि सिभिलको शेयर मूल्यमा सर्किट लागेको पनि अन्त्यमा चार प्रतिशतले मात्र बढेर बन्द भएको छ । आजै देखि कारोबारमा आएको लिवर्टी इनर्जीको शेयर मूल्यमा सुरुवाति चरणमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता ३३० रुपैयाँसम्म शेयर मूल्य पुगेपनि अन्त्यमा नकारात्मक सर्किट लागेर बन्द भएको छ । जसको अन्तिम कारोबार मूल्य २७० रुपैयाँ छ ।

यसदिन अधिकांश जलविद्युतकको शेयरमूल्य घटेको छ । होटल समूहको शेयरमूल्य पनि उच्चदरले घटेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ आश्विन २०७७, आइतबार  १५ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।