पछिल्लो २४ घण्टामा थप १३२५ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको कुल संख्या ४११ पुग्यो

0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३२५ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामो ९ हजार ५८४ जनाको पीसीआर परीक्षणबाट भएकोमा उक्त संख्यामा कोराना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ६४ हजार १२२ पुगेको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको मन्त्रालयले जनाएको छ । यी मध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेसनमा छन भने होम आइसोलेसनमा ८४०७ जना होम आइसोलेसनमा छन्। 

पछिल्लो २४ घण्टामा ९६६ जना निको भएका छन्। यो सँगै ४६ हजार २३३ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७२ प्रतिशत हो। अहिलेसम्म देशभरमा कुल ९ लाख १४ हजार २९० पिसिआर परीक्षण भइसकेको छ।

२४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६०२ ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना गरी जम्मा ७६७ जनालाई कोरोना संक्रमण थपिएका हुन । योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर १० कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ आश्विन २०७७, आइतबार  १६ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।