हुन्डाईको दशैं तिहार योजना, लक्की–ड्र मार्फत बम्पर उपहार ‘हुन्डाई औरा’ १ थान

0
Shares

हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लिले “यसपालिको दशैं तिहार योजना, ‘WELCOME TO HYUNDAI PARIWAR’ योजना ल्याएको छ ।

यो योजना यहि असोज ५ देखी मंसिर ५ गतेसम्म लागू हुनेछ । यो योजना दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको कम्पनीले जनाएको छ ।

यस योजनाअन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट पाउन सक्नेछन् । त्यसैगरी बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई औरा १ थान र हुन्डाई ग्राण्ड आइ टेन एनआइओएस १ थान जित्न सक्नेछन् ।

त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क बीमा पनि पाउनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले यस कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी उनीहरुलाई सम्मान स्वरुप “विशेष प्याकेज“ दिने निर्णय पनि गरेको जानकारी दिएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलप्रा.लि.ले नेपाल भरी १३ शोेरुमहरु, तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ, र १ बर्ष निःशुल्क सवारी कर भुक्तानीसहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुने पनि कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।