एनआईसी एशियामा चेक जम्मा गर्न अनलाईनबाटै भौचर भर्न सकिने

0
Shares

एनआईसी एशिया बैंकले बैंकिङ्ग इतिहासमै पहिलो पटक घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको चेक आफ्नो वा आफुले चाहेको खातामा जम्मा गर्न अनलाईनबाटै भौचर भर्न मिल्ने प्रणालीको सुरुवात गरेको छ ।

बैंकले समयअनुरुप परिष्किृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै देशको बैंकिङ्ग इतिहासमै पहिलो पटक यस्तो सेवा सुरु गरेको दाबी गरेको छ ।

बैंकका ग्राहकहरुले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत https://www.iserve.nicasiabank.com लिंकमा गई चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्ने बैंकले जनाएको छ । 

उक्त लिंक भित्र सेवाग्राहीहरूका लागि भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिएको छ । उक्त भौचरमा आफुलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएस मार्फत डिपोजिट कोड पठाईनेछ र त्यसपछि उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै भौचर सोझै काउण्टरमार्फत आफुले चेक जम्मा गर्न चाहेको खातामा चेक जम्मा गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

यसरी चेक जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि चेक बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा चेक जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गर्नेछ । बैंकले ल्याएको अनलाईनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिन सकिने हुनाले काउण्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ।

चेक जम्मा गर्ने भौचर अनलाईन भर्ने यस सेवाको अलावा बैंकले नगद रकम जम्मा गर्ने भौचर समेत अनलाईन प्रणालीबाट भर्ने प्रणाली ल्याइसकेको छ । साथै सेवाग्राही आफै बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने डिजिटल एकाउन्ट ओपनिङ प्रणालीको समेत शुरुवात गरिसकेको बैंकले बताएको छ ।

साथै मोबाइल बैंकिङ्ग सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौदात विवरण, चेक अनुरोध, ई–कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, एबिबिएस सुवधा र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत आई सर्भ मार्फत सेवा दिईरहेको छ र उक्त सेवाहरू लिँदा शतप्रतिशतसम्म शुल्क छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकले हाल मुलुकभरका ३२६ शाखा कार्यालयहरू, ४६७ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ५ असाेज २०७७, सोमबार  १५ : १२ बजे