साताको शेयर बजार :अढाई अर्ब माथिको कारोबार

0
Shares

धितोपत्र बजारमा यस साता कूल १७७ कम्पनीको एक करोड ६० लाख ९९ हजार ९६३ कित्ता शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर रु दुई अर्ब ६६ करोड ९७ लाख नौ हजार १७२ मूल्य बराबरको कारोवार भयो । अघिल्लो साताको बिहीबार १।१४ बिन्दुले घटेर एक हजार २५७।१५ बिन्दुमा पुगेर बन्द भएको कारोवार मापक नेप्से परिसूचक यस साताको पहिलो दिन भने दोहोरो अङ्ले घट्यो । स्टकका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव २७ बिन्दुले घटेर एक हजार २४४ दशमलव ८९ बिन्दुमा झ¥यो ।

सो दिन ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९२ बिन्दुले घटेर २६९ दशमलव २४ अङ्कमा पुग्यो । नेप्से घटे पनि कारोवार रकममा भने सामान्य सुधार भयो । कूल १७२ कम्पनीको २३ लाख ६१ हजार ५०० कित्ता शेयर रु ६४ करोड ५० लाख ९९ हजार ३७ मूल्यमा खरीद बिक्री भए ।

यस्तै सोमबार कूल १२ लाख २१ हजार ४०० कित्ता शेयर रु ३७ करोड ४७ लाख २५ हजार ७५ मूल्यमा कारोवार भयो । कूल १६९ कम्पनीको शेयर कारोवार भएको सोमबार नेप्से सामान्य अङ्कले घट्यो । नेप्से एक हजार २४२।०३ बिन्दुमा ओर्लियो ।

लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक मङ्गलबार भने दोहोरो अङ्कले वृद्धि भयो । सो दिन नेप्से परिसूचक ११.०२ बिन्दुले बढेर एक हजार २५३.०६ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.४३ बिन्दुले बढेर २६९.९६ मा पुग्यो । नेप्से परिसूचक बढे पनि कारोवार रकममा भने अपेक्षित वृद्धि हुनसकेन । कूल १७० कम्पनीको १४ लाख ६६ हजार ८९७ कित्ता शेयर रु ४२ करोड ९४ लाख ७७ हजार २८८ मूल्यमा कारोवार भयो ।

मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको नेप्से परिसूचक बुधबार पनि दोहोरो अङ्कले वृद्धि भयो । सो दिन परिसूचक १५.६२ अङ्कले बढेर एक हजार २६८.६८ विन्दुमा पग्यो । यस्तै ठूला कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अङ्कले बढेर २७२।९८ विन्दुमा पुग्यो ।

कूल १७४ कम्पनीका २० लाख ६४ हजार ९१३ कित्ता शेयर रु ५५ करोड दुई लाख ४७ हजार ८१३ मा खरिद बिक्री भए । मङ्गलबार र बुधबार दोहोरो अङ्कले उकालो लागेको नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार भने आठ अङ्कले घट्यो । स्टकका अनुसार नेप्से ८.२७ बिन्दुले घटेर एक हजार २६०.४७ मा झ¥यो ।

नेप्से ओरालो लागे पनि कारोवार रकममा भने वृद्धि भयो । कूल १७७ कम्पनीको ८९ लाख ८५ हजार ३५३ कित्ता शेयर रु ६७ करोड एक लाख ६९ हजार ९२९ मा खरीद बिक्री भए ।

प्रकाशित मिति: २१ असार २०७६, शनिबार  १७ : ०२ बजे