बिटक्वाइनको मूल्यमा २०२२ यताकै ठूलो गिरावट


काठमाडौं । बिटक्वाइनको मूल्य १७.५ प्रतिशतले घटेको छ । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य २०२२ को जुनयताकै ठूलो मासिक गिरावट हो ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि बिटक्वाइनलगायत विभिन्न क्रिप्टोकरेन्सीको मूल्य बढेको भएतापनि फेब्रुअरीमा बिटक्वाइनको मूल्य १७.५ प्रतिशतले घटेको छ। जुन २०२२ को यताकै ठूलो मासिक गिरावट हो । गत जनवरीको मध्यमा सबैभन्दा उच्च एक लाख ९ हजार ७१ अमेरिकी डलर पुगेको बिटक्वाइनको मूल्य अहिले १७.५ प्रतिशतले घटेको हो ।

बिटक्वाइनको मूल्य फेब्रुअरी महिनामा सबैभन्दा कम ७८ हजार २७३ अमेरिकी डलर पुगेको थियो भने अन्तिम कारोबार ८४ हजार २५२ अमेरिकी डलरमा भयो ।

 

प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार  १२ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।