चिरख्वा हाइड्रोपावरको ‘लकइन’ कात्तिक १४ देखि खुल्ने


काठमाडौँ । चिरख्वा हाइड्रोपावर लिमिटेडको सेयरको ३ वर्षे लकइन अवधि आगामी २०८३ कात्तिक १४ गते सकिने भएको छ ।

संस्थापक समूहमा बाँडफाँड भएको २८ लाख कित्ता सेयर , आयोजना प्रभावित स्थानीय बासिन्दामा बाँडफाँड भएको २ लाख ४ हजार ७०० कित्ता सेयर र कर्मचारीहरूका लागि मा बाँडफाँड भएको १६ हजार कित्ता सेयर गरी कुल ३० लाख २० हजार ७०० कित्ता सेयरकाे लकइन अवधि कात्तिक १४ गतेदेखि खुल्ने भएको हो ।

सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको सेयर भने नियमानुसार रोक्का नै रहनेछ।

धितोपत्रसम्बन्धी प्रचलित व्यवस्थाअनुसार सर्वसाधारणलाई आईपीओ बाँडफाँट भएको मितिले निश्चित अवधिसम्म संस्थापक, कर्मचारी तथा आयोजना प्रभावित स्थानीयको सेयरमा लकइन रहने व्यवस्था छ।

प्रकाशित मिति: १४ आश्विन २०८३, बुधबार  ०७ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।