यूनियन लाइफ चौथो वर्षमाः ३० प्रतिशत साधारण शेयर चाँडै

0
Shares

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेश्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । कम्पनीले चौथो वर्ष प्रवेशको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

तेश्रो वार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा अझ बढि सशक्त र आक्रामक रुपमा ब्यावसाय बृद्धि गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले कारोबार संचालन गरेको तेश्रो वर्षमै बीमा क्षेत्रमा स्थापित नाम बनाउन सफल भएको छ ।

प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले भने, “कम्पनीको व्यावसाय र ब्राण्डलाई अझ उचाइमा बिस्तार गर्दै लैजाने छौं ।” कम्पनीले बीमा समितिबाट २०७४ असोज ४ गते कारोबार सञ्चालनको अनुमति पाएको थियो ।

कम्पनीले शाखा तथा उपशाखा कार्यालयहरुबाट बीमा सम्बन्धी सम्पूर्ण सेवा सुविधाहरु सहज र ब्यवस्थित रुपमा उपलब्ध गराउँदै आएको छ भने कम्पनीका बीमा योजनाहरु उत्कृष्ट प्रकारको रहेको कारण बीमा गर्नेहरुको आकर्षण बढेको कम्पनीले जनाएको छ ।

कम्पनीको २ अर्ब १५ करोड जारी पुंजी रहेको छ । सो जारी पूँजीको ३० प्रतिशतले हुने साधारण शेयर चाँडै नै सर्वसाधारण समक्ष निष्काशन गर्ने तयारी कम्पनीले गरिहेको छ ।

कम्पनीको सञ्चालक समितिमा अध्यक्ष शुलभ अग्रवाल र सञ्चालकहरुमा शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल रहेका छन् । यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका छन् ।

कम्पनीले जीवन बीमाको पहुँच अभिबृद्धि गराउने कार्यलाई प्राथमिकता दिनका लागि बीमा बजारको माग र आवश्यक्ता अनुसार नविनतम् बीमा योजनाहरु ल्याउने र कम्पनीलाई जीवन बीमा क्षेत्रको भरोसा योग्य कम्पनी बनाउने लक्ष्य लिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।