नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ३०.३६ अंकले घटेको छ । साताको पहिलो कारोबार दिनआइतबार ७५ अंक भन्दा धेरैले बढेको नेप्से सोमबार भने १३.६२ अकले घटेको थियो । मंगलबारको करेक्सन पछि नेप्से सुचक २८४६.३० अंकमा झरेको छ ।
सोमबार नेप्सेमा कारोबार भएका तीन सय कम्पनीको २ करोड ६३ लाख ८९ हजार नौ सय १० कित्ता सेयर एक लाख २२ हजार ३ सय ३६ पटक खरिदबिक्री हुँदा र १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार नौ सय ३९ बराबरको कारोबार भएको छ । सोमबार १४ अर्ब २८ करोड ४५ लाख १० हजार पाँच सय ९५ बराबरको कारोबार भएको थियो ।
आज ४१ कम्पनीको मूल्य बढ्दा १९८ को घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । आज सेन्सेटिभ इण्डेक्स ५.३१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६१ अंक घटेको छ।
आज बैंकिङ १.०५, विकास बैंक ०.३९, फाइनान्स २.१०, होटल तथा पर्यटन ०.९७, हाइड्रोपावर १.०८, लगानी १.७५, जीवन बीमा ०.६९, उत्पादन २.२१, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा १.११, अन्य ०.०६ तथा व्यापार समूह ०.८४ प्रतिशत घटेका छन् ।
आज गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको छ । सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घटेको छ । कारोबार भएका सेयर रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब ९ करोड ३० लाख ७८ हजार बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया