प्रभु बैंकले गत साउनमा बिक्री गरेको ‘प्रभु बैंक डिबेन्चर २०८४’ नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण गराएको छ ।
बैंकले एक हजार रुपैयाँ अंकित दरमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्रमा बिक्री गरेको थियो । बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८४’जारी गरेको हो।
नेप्सेमा ऋणपत्र सूचीकरण भएसँगै बिहीबारबाट कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।
बैंकले कूल २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट र ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गरेको थियो ।
बैंकको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बी रेटिङ्ग प्रदान गरेको थियो । यस रेटिङ्ग प्राप्त गर्ने उपकरणहरु समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ।
यस अघि प्रभु बैंकले २०७६ कात्तिकमा दश वर्ष अवधिको ‘१०.२५% प्रभु बैंक डिबेन्चर २०८६’ बिक्री गरेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया