सुनको मूल्यमा वृद्धि, बुधबार कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य ६०० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको मूल्य आज ६०० रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला एक लाख ६९ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ७० हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी, आज एक तोला चाँदी २ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार ९ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।