गभर्नर नियुक्तिका लागि तीन सदस्यीय समिति गठन


सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । मन्त्रिपरिषदको फागुन २६ गते बसेको बैठकले सिफारिस समिति गठन भएको हो । गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोकत्वमा सिफारिस गठन समिति गठन भएको हो ।

सिफारिस समितिको सदस्यमा नेपाल राष्ट्र बैंककै पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल नियुक्त भएका छन् । भट्टराई पूर्वगभर्नर हुन् भने पौडेल मौद्रिक तथा वित्त व्यवस्थापन क्षेत्रका विज्ञ हुन् ।

वर्तमान गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल यही चैत २४ गते सकिँदै छ । २०७६ चैत २४ गते नियुक्ति पाएका उनले चैत २५ गतेदेखि कार्यभार सम्हालेका थिए । उनको पदावधि सकिन लाग्दै गर्दा सरकारले नयाँ गभर्नर नियुक्ति प्रक्रिया सुरु गरेको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमा एउटा सिफारिस समिति गठन गर्नुपर्छ ।

प्रकाशित मिति: ३० फागुन २०८१, शुक्रबार  ०८ : १३ बजे