सनराइज बैंकको सीतापुर, खजुरामा ५० औं शाखा रहित बैंकिङ्ग सेवा

0
Shares

सनराइज बैंक लिमिटेड (SRBL) ले शुक्रबारदेखि सीतापुर, खजुरा गाउँपालिका–२, बाँकेमा ५० औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ बैंकले शुक्रबार आयोजित एक कार्यक्रममा बीच प्रमुख अतिथिमा खजुरा वडा नं २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा उक्त सेवाको उद्घाटन गरेको हो ।

सोही समारोहमा प्रमुख अतिथि गुरतालले बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि श्रीमती सुजाता खरेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मंडल र बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३४ वटा शाखा, ५० वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा एक्सटेन्सन काउण्टर र १६० वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।