गोदरेज एप्लान्सेसको चाडपर्व अफर, २५ प्रतिशत सम्मको क्यासब्याक अफर

0
Shares

नेपालकै सर्वाधिक रुचाइएको घरायसी ब्रान्ड गोदरेज एप्लान्सेसले नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गरी २५ प्रतिशत सम्मको क्यासब्याक अफर ल्याएको छ। ।

‘HEALTHY FOR YOU, HEALTHY FOR THE PLANET’  भन्ने नारा सहित गत वर्षहरुमा झै यसपालि पनि गोदरेज एप्लान्सेसले छुट अफर ल्याएको हो ।

नेपाली बजारमा गोदरेजका सिंगल डोर रेफ्रिजेनेटर, डबल डोर रेफ्रिजेनेटर, वासिङ्ग मेसिन, माइक्रोवेभ ओभन, चेस्ट फ्रिजर जस्ता घरायसी सामग्रीहरु उपलब्ध छन् ।

आफ्नो नया उत्पादनलाई अग्रसर गर्दै, गोदरेज एप्लान्सेसले भिरोसिल्ड भन्ने नयाँ सामाग्री उत्पादन गरेको छ । नेपाली बजारमा पनि उक्त भिरोसिल्डको बिक्री वितरण शुरू गरिएको छ।

अहिलेको माहामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै, गोदरेजले उक्त भिरोसिल्ड उत्पादन गरेको हो। यस भिरोसिल्डले २ देखि ६ मिनेटमा कोरोना भाइरसलाई डिस्इन्फेक्ट गर्ने क्षमता राख्दछ।

भिरोसिल्डमा विभिन्न वस्तु जस्तै खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार (साना), मोबाइल, ट्याब्लेट, वालेट, पर्स, गोल्ड अर्नामेन्टस्, घडी, चस्मा, चाबी, जुत्ता, किताब, स्टेशनरी, डकुमेन्टलाई डिस्इन्फेक्ट गर्दछ । उक्त भिरोसिल्ड ३० लिटरको क्यापासिटीमा नेपाली बजारमा पाईन्छ । यसलाई ICMR(Indian Council of Medical Research) ले पनि Certified गरेको छ । गोदरेज ब्रान्डको अधिकारिक बिक्रेता, चौधरी ग्रुप अन्तर्गत सिजी इओएल रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ असाेज २०७७, शुक्रबार  १९ : ४८ बजे