मंगलबार पनि घट्यो सुनको भाउ


काठमाडौँ । आज साताको तेस्रो दिन मंगलबार सुनको मूल्य २०० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ६०० ले घटेको सुनको भाउ आज मंगलबार पनि २०० सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ७३ हजार ५०० मा रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर छ । मंगलबार पनि चाँदी प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपालमा अन्तराष्ट्रिय बजारको आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

प्रकाशित मिति: १२ चैत्र २०८१, मंगलबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।