काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्युठानका चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
स्नातकोत्तर अध्ययन गरेका थापाले यसअघि बोर्डको सदस्य रहिसकेका छन् ।
थापाको नियुक्तिपछि स्वास्थ्य बीमा बोर्डले गति लिने विश्वास गरेको मन्त्री पौडेलले बताए ।
बोर्डको निर्देशकमा विकास अर्थशास्त्री डा. रघुराज काफ्ले नियुक्त भइसकेका छन् ।
प्रतिक्रिया