सोपान मल्टिपल कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौँ । सोपान मल्टिपल कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ३ लाख ३ हजार ४२६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । संस्थापक सेयरधनीले १५ दिनभित्र कम्पनीको रजिष्टर्ड कार्यालय का.जि.का.म.न.पा. – ३२, सुविधानगरमा सम्पर्क गर्न सक्ने छन् ।

प्रति सेयर चुक्ता मुल्य १०० रुपैयाँ तोकिएको छ । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति: १३ चैत्र २०८१, बुधबार  १० : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।