दूधकोशी हाइड्रो पावर नेपाललाई विद्युत उत्पादन अनुमति

0
Shares

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा निमार्ण हुने दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ ।

कम्पनीले विद्युत विकास विभागबाट सोमबार विद्युत् उत्पादनको लागि अनुमतिपत्र प्राप्त भएको हो । भारतको लगानीमा निर्माण हुन लागेको दूधकोशी हाइड्रोपावर प्रालिको निमार्ण लागत करिब १४ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ ।

नेपाल सरकारको गौरवको आयोजना दूधकोशी जलाशययुक्त आयोजनाका कारण थुलुङ दूधकोशी गाउँपालिका–५, ६ र ७ को सिमानामा पर्ने बर्खुघाटमा ड्याम निर्माण गर्ने र सोही गाउँपालिका–४ को खन्र्योखर्कमा विद्युत गृह निर्माण गर्ने गरी उत्पादन अनुमतिपत्र प्रदान गरिएको विद्युत विकास विभागले जनाएको छ ।

दूधकोशी हाइड्रोपावरबाट उत्पादन हुने विद्युत खरिद नेपाल सरकारसँग बिक्री सम्बन्धी सम्झौता हुने चरणमा रहेको छ । आगामी मङ्सिरसम्ममा सम्झौताको काम सम्पन्न हुने जनाइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।