तीनकुनेमा अवस्था तनावग्रस्त, व्यक्तिका घर तोडफोड


काठमाडौं । काठमाडौंको तीनकुनेमा अवस्था तनावग्रस्त भएका छन् । त्यहाँ समर्थकहरूले तीन व्यक्तिका घर पनि तोडफोड गरेका छन् । जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेको हो । अहिले त्यहाँ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ ।

अवस्था तनावग्रस्त भएपछि तीनकुनेमा राजावादीको कार्यक्रम बिथोलिएको छ । राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट बाहिरिएका छन् ।

प्रकाशित मिति: १५ चैत्र २०८१, शुक्रबार  १४ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।