सिटीजन्स लाइफले ७५ करोडको आईपीओ निष्कासन प्रक्रिया अघि बढायो, एनआइबिएल बिक्री प्रबन्धक

0
Shares

सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । जसका लागि इन्स्योरेन्सले एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

आईपीओ निष्कासन सम्झौतापत्रमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआइबिएल एस क्यापिटलको तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

कम्पनीले ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको चुक्तापूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ । ७५ करोडको आईपीओ पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

अब कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ। बोर्डबाट स्वीकृती पाए पश्चात कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

हालसम्ममा नयाँ जीवन कम्पनीमा रिलायन्स लाइफ इन्स्योरेन्सले मात्र आईपीओ निष्कासन गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।