कामना सेवा र अजिरा विल्डर्सबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता

0
Shares

कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रालिबीच व्यावसायिक सहकार्य गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

यो सम्झौतापछि बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पलना गरी अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रालिबाट सिफारिस भइ आएका ग्राहकहरुलाई बैंकले सरल तरिकाबाट आफ्ना १२४ वटै शाखाबाट घर कर्जा प्रदान गर्नेछ।

यसबाट ‘आफ्नै व्यक्तिगत घर होस्’ भन्ने सपना बोकेका ग्राहकहरुको अभिलाषा पूरा गर्न सहज हुने कुरामा आफू विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बताए।

समझदारीपत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र अजिरा बिल्डर्स एण्ड कन्ट्रयाक्टर्स प्रालिका प्रबन्धनिर्देशक अनुप ढुङ्गानाले कामना सेवा विकास बैंकको केन्द्रीय कार्यलय, ज्ञानेश्वरमा एक कार्यक्रमका बीच हस्ताक्षर गरेका थिए।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।