माछापुच्छ्रे बैंक र नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

0
Shares

माछापुच्छ्रे बैंक र नेपाल ल्यूब आयलले लाभांश सुरक्षित गर्ने आज (असोज २१ गते) अन्तिम दिन रहेको छ ।

दुबैले भोलि अर्थात असोज २२ गते साधारण सभा तथा लाभांश वितरणका लागि शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने मिति तोकेका छन् । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको ७.०३ प्रतिशत (५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ) बोनस शेयर र बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित ३.७३ प्रतिशत (२८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ) नगद लाभांश गरी कूल १०.४० प्रतिशत लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न बैंकले कात्तिक ६ गते, बिहीबार, होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजे बाइसौँ साधारण सभा आह्वान गरेको छ।

उता नेपाल ल्युव आयलले १० प्रतिशत नगद लाभांश वितरण गर्दैछ । लाभांश हनुमोदनका लागि कम्पनीले कार्तिक ५ गते बिहान ११ः३० बजे संस्थाको कार्यालय, झम्सिखेल ललितपुरबाट २९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कोभिड संक्रमणका कारण दुबैको साधारण सभा भिडियो कन्फरेक्स मार्फत आयोजना हुने जनाइएको छ । यसअनुसार लाभांश पाउन र साधारण सभामा सहभागिता जनाउन बुकक्लोजको अघिल्लो दिनसम्म सम्बन्धीत संस्थाको शेयरधनी भैसकेको हुनुपर्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।