अरुण भ्याली हाइड्रोपावरले एक बराबर एक अनुपातमा हकप्रद जारी गर्ने

0
Shares

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (AHPC) ले शतप्रतिशत अर्थात एक बराबर एक अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ ।

हकप्रद निष्काशन अनुमति माग गर्दै कम्पनीले असोज २१ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले १ बराबर १ अनुपातमा ९९ करोड ८३ लाख २३ हजार २०० रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २३२ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो ।

यसअघि हकप्रद निष्काशन गर्न कम्पनीले विद्युत नियमन आयोगबाट गत साउन १६ गते स्वीकृती पाइसकेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।