गैर कानुनी किसिमले व्यवसाय गर्नेलाई कार्वाही गर्न पर्छ : राष्ट्रिय व्यवसायिक पहल


विश्वव्यापी महामारीको रुपमा देखापरेको कोभिड–१९ बाट मुलुक आक्रान्त भई रहेको अवस्थामा जिम्मेवार भएर व्यवसायिक कृयाकलाप गर्न राष्ट्रिय व्यवसायिक पहल (एनबिआई) ले व्यवसायीहरुलाई आग्रह गरेको छ ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको ६ महिना भन्दा लामो लकडाउन तथा निषेधाज्ञाका कारण धराशायी भएको सम्पूर्ण आर्थिक तथा व्यवसायीक क्षेत्र लकडाउन खुकुलो भएसँगै चलायमान हुन थालेको एनबिआईको बुझाई छ ।

मानव सभ्यताकै साझा शत्रुको रुपमा स्थापित हुदै गरेको यस महामारीलाई परास्त गर्न समाजका सबै पक्षको उत्तिकै जिम्मेवारी र दायित्व छ । आम उपभोक्ता संग जोडिने व्यवसायिक क्षेत्र अझ बढी संवेदनशील हुन जरुरी छ । यसै सन्र्दभमा केहि व्यवसायिक फर्म तथा कम्पनीबाट मानव जीवन र “स्वास्थ्यसंग प्रतक्ष्य सरोकार राख्ने वस्तुहरुको विक्रि वितरणमा भएको गैर–कानुनी क्रियाकलापप्रति राष्ट्रिय व्यवसायिक पहलको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता आम जनमानसमा गम्भिर असर पार्ने गलत कृयाकलापको विरोध गर्दै आवश्यक कानुनी कारवाही अगाडी बढाउन सरकारसंग अनुरोध गर्दछौं” एनबिआईले भनेको छ ।

हालको यस विषम परिस्थितिमा समाज र मुलुकप्रति जिम्मेवार भई न्युनत्तम व्यवसायिक आचार संहिता भित्र रही आफनो व्यवसायिक जिम्मेवारीलाई ईमान्दारीताका साथ निर्वाह गर्न गराउन सम्पूर्ण उद्यम
व्यवसाय क्षेत्रलाई राष्ट्रिय व्यवसायिक पहलले अनुरोध समेत गरेको छ ।

जोखिम न्यूनीकरणका निम्ति सरकारले अवलम्वन गरेका विविध उपायहरुको बावजुद संक्रमणको दर तिव्र गतिमा बढदै जाँदा थप सन्त्रास र अन्यौलता सिर्जना हुदै गईरहेको छ । यो अवस्थामा उद्यमी व्यवसायी,
आम–उपभोक्ता सवैले स्वास्थ्य सुरक्षाका मापदण्डको पुर्ण पालना गरीे सुरक्षित समाज निर्माणका लागि आ–आफनो जिम्मेवारीलाई अगाडी बढाउन राष्ट्रिय व्यवसायिक पहलले सरोकारवाला सबैको ध्यानाकर्षण समेत गराएको छ ।

स्वच्छ समाज र समृद्ध मुलुक निर्माणको लागि असल व्यवसायिक अभ्यासको प्रवद्र्धन एवं कार्यान्वयनमा सम्वन्धित सवै पक्षको सहयोग एवं सकारात्मक योगदान रहने आशा पनि एनबिआईले लिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।