युनिलिभरका शेयरधनीलाई यस्तो आग्रह

0
Shares

युनिलिभर नेपाल लिमिटेड (UNL) ले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट वितरण गर्ने प्रतिशेयर १०० रुपैयाँ नगद लाभांशका लागि शेयरधनीलाई हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।

कम्पनीले हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम (आईपिएस) मार्फत रकम भुक्तानी गरिने जनाएको छ ।

कम्पनीले लाभांश खातामा पठाउनुअघि कागजी शेयर धारण गरेका शेयरधनीलाई आफुसँग भएको कागजी शेयर डिम्याट गर्न युनिलिभरले आग्रह गरेको छ ।

शेयरधनीहरुले शेयर अभौतिकिकरण गरी हितग्राही खाता खोलेपछि मात्र लाभांश रकम प्राप्त हुने हुँदा हितग्राही खाता नभएका शेयरधनीहरुले शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाण्डौं वा अन्य कुनैपनि निक्षेप सदस्यमा हितग्राही खाता खोल्न अनुरोध गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ असाेज २०७७, बिहीबार  १५ : ३३ बजे