नि:शुल्क कोरोना उपचार सेवा पाउनेहरुको कोरोना बीमाको रकम खोसियो, बीमा समितिको यस्तो निर्देशन


बीमा समितिले बीमा कम्पनीहरुलाई कोरोना बीमा गराएका संक्रमितहरुको उपचार खर्च बीमा रकमबाट कसुल गर्न निर्देशन दिएको छ । 

बुधबार परिपत्र जारी गर्दै बीमा समितिले सरकारले निशुल्क बीमा गराउने भनी तोकेका संक्रमितहरुले कोरोना बीमा गराएको खण्डमा उनीहरुको उपचार खर्च बीमा रकमबाट असुल गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । 

सरकारले कसैको पनि कोरोनाको निशुल्क उपचार नगर्ने निर्णय गरेको थियो । सरकारले आर्थिक रुपमा विपन्न तथा अशक्त, असहाय, अपांगता भएका, ज्येष्ठ नागरिक, अग्रपंक्तीमा खटिने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मीको मात्र निशुल्क कोरोना उपचार गर्ने निर्णय गरेको थियो । 

सरकारको उक्त निर्णय कार्यान्वायन गराउने क्रममा बीमा कम्पनीले उल्लेखित प्रकृतिका व्यक्तिहरुको कोरोना बीमा भएको खण्डमा सरकारले गर्ने उपचारमा लाग्ने खर्च बीमा रकमबाट असुली गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो । 

बीमा समितिको यो परिपत्रसँगै अब कोरोना बीमा गराएका र सरकारले तोके अनुसारको मापदण्डमा परी निशुल्क उपचार सेवा पाउनेहरुले कोरोना बीमा वापतको रकम नपाउने भएका छन् । बिरामी भएको खण्डमा कोरोना बीमा वापत पाउने रकम उपचार गराए वापत सरकाले फिर्ता लैजाने भएको हो । यो व्यवस्था आजदेखि कार्यान्वायनमा आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।