प्रि ओपनिङमा २३ कम्पनीको शेयर मूल्य बढ्यो, बजारमा १४ अंकको वृद्धि


बिहीबार प्रि ओपनिङ सेसनमा कुल ३१ कम्पनीको शेयर कारोबार भएको छ । यस क्रममा २३ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको स्थिर हुँदा ४ कम्पनीको घटेको छ ।

१५ मिनेटको अवधिमा बजार परिसुचक नेप्से १४.१९ अंकले बढेर १६६१.६५ अंकमा उक्लिएको छ । ३१ कम्पनीका १० हजार ६५७ कित्ता शेयरहरु ३४ लाख ७६ हजार ७७१ रुपैंयामा किनबेच भएको छन् ।

बुधबार वाणिज्य बैंक समुहमा उछाल आएको बजारमा बिहीबारको प्रि ओपनिङ सेसनमा पनि वाणिज्य बैंकहरुको धेरै शेयर किनबेच भएको छ ।

कुन कम्पनीको शेयर मूल्य के भयो ? हेर्नुस तालिका

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।