सिभिल लघुवित्तको लिलामी शेयरको बोलकबोल मंगलबार खोलिने, कतिले गरे आवेदन ?


सिभिल लघुवित्तले लिलाममा राखेको शेयरमा परेको आवेदनको बोलकबोल मंगलबार खोलिने भएको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटलका अनुसार लघुवित्तको शेयर लिलामीको बोलकबोल मंगलबार दिउँसो खोलिने भएको हो । कमलादीस्थित क्यापिटलको कार्यालयमा मध्यान्ह १ बजेदेखि लिलामी शेयरको बोलकबोल खोलिने क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार मुलुकभरबाट ३४३ वटा आवेदन परेका छन् । लिलामी शेयर खरीदका लागि व्यक्तिका अलवा दर्जन बढी संस्थाले पनि आवेदन दिएको बताइएको छ ।

लिलामी शेयर खरीदका लागि व्यक्तिका अलवा करिब एक दर्जन संस्थाले पनि आवेदन दिएको स्रोतको भनाई छ ।

पछिल्लो समय लिलामी शेयर निष्काशन गरी बाँडफाँड भएको गुराँस लाईफको शिलबन्दी बोलपत्र खुला भएको दिनको दोस्रो बजारमा कारोबार भएको मूल्य २ प्रतिशत तल र मेगा बैंकको ७ प्रतिशत तल कटअफ कायम भएको थियो ।

यस अधारमा सिभिल लघुवित्तको लिलामी शेयरको कटअफ मूल्य पनि माथि नै कायम हुने आंकलन गरिएको छ । ठूलो संख्यामा शेयर खरीद गर्ने संस्थागत लगानीकर्ताको समेत राम्रो उपस्थिति देखिएपछि लघुवित्तको कटअफ पनि विगतको दुई लिलामी शेयरको आधारमा नै कायम हुने आंकलन छ ।

लघुवित्तले कम्पनीले संस्थापक समूहको ११ हजार ६०८ कित्ता र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता गरी कूल ८९ लाख ४५० कित्ता शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो ।

लघुवित्तले गत साउन २५ गतेदेखि भाद्र २९ गतेसम्म एक बराबर एक अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता हकप्रद निष्काशन गरेको थियो । सोही समयमा अवितरित शेयर अहिले लिलामीबाट बिक्री गरिएको हो ।

हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ छ । हकप्रदपछि २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्नेछ ।

आइतबार दोस्रो बजारमा लघुवित्तको प्रतिकित्ता शेयर अन्तिम पटक ६९७ रुपैंयामा किनबेच भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।