सुनको भाउ लगातार तीन दिन बढ्यो, सोमबार मात्रै तोलामा ५०० रुपैयाँले महङ्गियो

0
Shares

सुनको भाउमा पछिल्लो तीन दिन यता निरन्तर वृद्धि देखिएको छ । शुक्रबार तोलामा १ हजारले बढेको सुनको भाउ आइतबार ५०० तथा सोमबार पनि ५०० रुपैयाँले बढेको हो ।

तीन दिनमा सुन तोलामा २ हजार रुपैयाँले बढेको हो । यसअघि बिहीबार भने तोलामा १०० रुपैयाँले घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९८ हजार २०० रुपैयाँ, तेजावी सुनको भाउ ९७ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदीको भाउ पनि तोलाको १० रुपैयाँले बढेर एक हजार २८५ रुपैयाँ पुगेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ, तेजावी सुन ९७ हजार २०० रुपैयाँ र चाँदी तोलाको एक हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ कात्तिक २०७७, सोमबार  ११ : ३८ बजे