काठमाडौँ । लक्ष्मी प्रिमिएर मोटरर्सले बिएमडब्ल्यू आईएक्स २ एसएभी (स्पोर्टस एन्टिभिटी भेइकल) भित्र्याएको छ । बिएमडब्ल्यू गाडीको एकमात्र आधिकारिक आयातकर्ता लक्ष्मी मोटर्सले आकर्षक डिजाइन र स्मार्ट सिस्टमको संयोजन रहेको नयाँ मोडल सार्वजनिक गरेको हो ।
बिएमडब्ल्यूले आफ्नो इलेक्ट्रिक लाइनअप विस्तार गर्दै स्पोर्टस एन्टिभिटी भेइकल सार्वजनिक गरेको हो । यस गाडीले अधिकतम अस्थायी बुस्टसहित पावर उत्पादन गर्छ । यसको रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म रहेको छ । कम उर्जा खपत र शून्य उत्सर्जन भएको यो गाडी प्रिमियम कम्प्याक्ट एसएभी सेग्मेन्टमा उत्कृष्ट रोजाइ प्रदान गर्ने कम्पनीले जनाएको छ ।
सन्तुलित पावर र शून्य उत्सर्जन
अन्य बिएमडब्ल्यू इलेक्ट्रिक गाडीहरुजस्तै स्पोर्टस एन्टिभिटी भेइकलमा पनि पाँचौँ पुस्ताको बिएमडब्ल्यू इड्राइभ प्रविधि प्रयोग गरिएको छ । यसले २५० एनएम टर्क उत्पादन गर्छ । यसले ८.६ सेकेन्डमा ० देखि १०० किमि घण्टाको गतिमा पुग्न सक्छ । यसको अधिकतम गति १७० किमि प्रतिघण्टा रहेको छ ।
डाइनामिक ब्रेक कन्ट्रोल र अटो होल्ड सहित अत्याधुनिक सुरक्षा प्रणाली
स्पोर्टस एन्टिभिटी भेइकलको सुरक्षा र सहायक प्रणालीहरु पनि अत्याधुनिक छन् । सुरक्षित यात्राको लागि यसका सवारी चालक र यात्रुका लागि एयरब्याग, डाइनामिक ब्रेक कन्ट्रोल, अटो होल्ड फङ्सनसहितको इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेक र इन्टेग्रेटेड ब्रेकिङ सिस्टम राखिएको कम्पनीले जनाएको छ ।
स्पोर्टस एन्टिभिटी भेइकलको आगमनसँगै नेपालमा प्रिमियम इलेक्ट्रिक गाडीकाे क्षेत्रमा बिएमडब्ल्यूले आफ्नो उपस्थिति अझ बलियो बनाउनुको साथै डिजाइन, प्रविधि र वातावरणीय जिम्मेवारीको नयाँ उदाहरण प्रस्तुत भएको कम्पनीले दाबी गरेको छ ।
प्रतिक्रिया