एनएमबि लघुवित्तको खुद नाफा दोब्बर

0
Shares

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड (NMBMF) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड १२ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा १ करोड ५२ लाख ८६ हजार खुद नाफा कमाएको कम्पनीले १०४.४१ प्रतिशतले नाफा बढाएको हो ।

समीक्षा अवधिमा कम्पनीको निक्षेप संकलन ३६.७६ र कर्जा लगानी ४०.७८ प्रतिशतले बढेको छ । यससँगै खुद ब्याज आम्दानीमा ३२.४० प्रतिशतको उत्कृष्ट सुधार आएको छ । जगेडा कोषको आकार ८६ प्रतिशतले बलियो बनाएको यस लघुवित्तको उच्च पूँजीवृद्धिका कारण प्रतिशेयर आम्दानी भने १०.१९ प्रतिशतले संकुचित बनेको छ । यद्यपी १८० प्रतिशतले पूँजीवृद्धिको बाबजुत कम्पनीको इपिएस कायम नै रहेको देखिन्छ ।

चुक्ता पूँजी ४५ करोड ३६ लाख १८ हजार रुपैयाँ पुगेको लघुवित्तको प्रतिशेयर आम्दानी २७.५५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६६.८५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.७१ गुणा छ ।

यस्ता छन् अन्य सूचकः

Particulars NMB Laghubitta  ( Rs in ‘000)    
Q1,  2077/2078 Q1, 2076/2077 Change
Paid-up Capital 453,618.00 162,005.00 180.00%
Reserves 303,256.00 162,641.00 86.46%
Profit/(Loss) for the Year 31,247.00 15,286.00 104.42%
EPS (Rs.) 27.55 37.74 -27.00%
Net worth per share (Rs.) 166.85 200.39 -16.74%
Borrowings 2,343,183.00 2,199,107.00 6.55%
Deposit from Customers 1,614,467.00 1,180,540.00 36.76%
Loans & Advances to Customers 4,479,409.00 3,181,909.00 40.78%
Net Interest Income 79,371.00 59,946.00 32.40%
Provision for possible losses 1,422.00 3,128.00 -54.54%
Operating Profit 49,382.00 23,795.00 107.53%
Non-Performing Loan (NPL) 2.1 2.27 -7.49%
Cost of Fund (%) 6.22 10.12 -38.54%
Qtr End PE Ratio  28.71 28.54 0.60%

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २५ कात्तिक २०७७, मंगलबार  ०८ : ३१ बजे