शिवम् सिमेन्ट्सको २४.२१ प्रतिशत लाभांश पारित भएको छ। कम्पनीको सोमबार भर्चुअल माध्यमबाट सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को लाभांश पारित गरेको हो ।
कम्पनी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सभाले चुक्ता पूँजी ४ अर्ब ४० करोडको २४.२१ प्रतिशतका दरले नगद लाभाँस वितरण गर्ने प्रस्ताव पारित गरेको हो। त्यस्तै आ.व. २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ती लगायतका सबै प्रस्तावहरु सर्वसम्मतीले पारित गर्ने निर्णय गर्दै ५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीले जनाएको छ ।
सभामा शेयरधनीहरुले व्यक्त गरेका राय, सुझाव, टिप्पणी, जिज्ञासाहरुलाई सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुरेन्द्र कुमार गोयलले जवाफ दिएका थिए । अध्यक्ष गोयलले सहभागि शेयर धनीहरुको सल्लाह, सुझाव तथा शुभेक्षाले गर्दा नै कम्पनीको प्रगति र लक्ष्य हासिल गर्न कम्पनी सञ्चालक समिति र व्यवस्थापन तहलाई थप हौसला मिलेको बताए ।
कम्पनीका कार्यकारी सञ्चालक रघुनन्दन मारुले कम्पनीको पाँचौं बार्षिक साधारण सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउनु हुने सबै शेयरधनीहरु लगायतका सबैलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्षबाट सभा सम्पन्न गरिएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया