समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गरिने

0
Shares

डिभिजन सडक कार्यालय काठमाडौँले समयमा काम नसक्ने रुग्ण ठेक्काका अवस्था बुझेर ठेकेदारलाई कारबाहीको प्रक्रिया शुरु गरेको छ ।

डिभिजनअन्तर्गत विभिन्न कारणले समयमा सम्पन्न नभएका ३२ ठेक्का रहेका छन् । ती ठेक्कामा संलग्न निर्माण कम्पनीसँग सम्पर्क गरेर ढिलाइको बारेमा बुझ्न थालिएको डिभिजन प्रमुख कुवेर नेपालीले बताए। उनका अनुसार तीमध्ये धेरै व्यवसायी सम्पर्कमा समेत आइरहेका छन् ।

सम्पर्कमा नआएका कम्पनीसँग सम्पर्कको प्रयास गरिएको उनले बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष निर्णय गरेर रुग्ण ठेक्काको अवधि एक वर्ष थप गरेको थियो । उनले भने, “यो महिना भित्रमा कुनकुन ठेक्कामा समस्या के हो भनेर बुझिनेछ । त्यसपछि अर्को प्रक्रियामा जान्छ ।”

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि काम नगर्ने निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिए । केही महिना पहिले डिभिजन सडक कार्यालय लहान र हेटौँडाले काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचिमा राखेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७७, बुधबार  १९ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।