चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गुँरास इन्स्योरेन्स (GLICL) ले ४ करोड २७ लाख ७१ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको यो नाफा गत आवको सोही अवधिको तुलनामा ३३.८८ प्रतिशतले धेरै हो ।
गत आवमा कम्पनीले ३ करोड १९ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९६ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । यो बीमा शुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११४.६२ प्रतिशतले धेरै हो ।
गत आवको पहिलो त्रैमासमा कम्पनीले ४४ करोड ८५ लाख रुपैयाँ खूद बीमा शुल्क संकलन गरेको थियो ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लगानी, कर्जा तथा अन्यबाट २० करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यसैगरी कम्पनीले बीमालेख धितोबाट ८७ करोड १ लाख रुपैयाँ कर्जा लगानी गरी १ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ ।
हाल चुक्ता पूँजी एक अर्ब ८७ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९.११ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३२.८२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६६.६० गुणा रहेको छ ।
इन्स्योरेन्सको सञ्चित जगेडा कोषमा ५६ करोड ६२ लाख रुपैयाँ रहेको छ । त्यसैगरी जीवन बीमा कोषमा ८ अर्ब ५० करोड ५ लाख र महाविपत्ती कोषमा ४ करोड ९६ लाख रुपैयाँ सञ्चित रहेको छ ।
हालसम्म इन्स्योरेन्सले १० अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले ४९९ दाबी वापत १४ करोड ७२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १४ वटा दाबी बापत ३४ लाख ३९ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
| Particulars | Gurans Life Insurance Company Limited | ||
| Q1, 2077/2078 | Q1, 2076/2077 | Difference | |
| Paid-Up Capital | 1,877,040.00 | 938,520.00 | 100% |
| Reserve & Surplus | 566,289.00 | 309,861.00 | 82.76% |
| Insurance Fund | 8,500,580.00 | 6,239,889.00 | 36.23% |
| Contingent Fund | 49,683.00 | 39,101.00 | 27.06% |
| Gross Premium | 970,388.00 | 452,961.00 | 114.23% |
| Net Premium | 962,640.00 | 448,520.00 | 114.63% |
| Annualized EPS (In Rs.) | 9.11 | 13.62 | -33.06% |
| Net Worth per share (In Rs.) | 132.82 | 137.18 | -3.18% |
| Income from Investment, Loan, and others | 203,684.00 | 151,164.00 | 34.74% |
| Claim Payment (Net) | 142,954.00 | 75,082.00 | 90.40% |
| Agent Commission | 107,796.00 | 53,588.00 | 101.16% |
| Gross Profit | 21,322.00 | 19,250.00 | 10.76% |
| Net Profit | 42,771.00 | 31,947.00 | 33.88% |
| No. of Policies | 169,708 | 202,656 | -16.26% |
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया