बुटवल पावर कम्पनी (BPCL) को खुद नाफा २५.२० प्रतिशतले घटेको छ । बिद्युत बिक्रीबाट हुने आम्दानी घट्दा कम्पनीको खुद नाफा घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड १८ लाख रुपैयाँ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा यस्तो नाफा ६ करोड ९३ लाख रुपैयाँ थियो ।
असोज मसान्तसम्म कम्पनीले विद्युत बिक्रीबाट १९ करोड रुपैयाँ कमाएको छ । गत आवमा यस्तथो आम्दानी २० करोड ७७ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ९ करोड ७ लाख रुपैयाँबाट घटेर ६ करोड ६१ लाखमा संकुचित बनेको छ ।
चुक्ता पूँजी २ अर्ब ६८ करोड ३८ लाख ८२ हजार रुपैयाँ रहेको बुटवल पावरको वार्षिक प्रतिशेयर आम्दानी ७.७३ रुपैयाँ रहेको छ । जगेडा कोषमा ४ अर्ब ३९ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीके प्रतिशेयर नेटवर्थ २६३.८३ रुपैयाँ छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया