काठमाडौँ । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आइतबार बुकक्लोज गर्दैछ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ। अर्थात् कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ ६.५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ ।
यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबरको २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।












प्रतिक्रिया