सेयर बजार परिसुचकमा दोहारो अंकको गिरावट, सबै उपसुचक राताम्मे हुदाँ लगानीकर्ता भने उत्साहित


काठमाडौँ । सेयर बजार परिसुचकमा दोहारो अंकको गिरावट आएको छ । कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसुचक २४.७६ अंकले घटेर २६२८.९१ अंकमा पुगेको हो ।

नेप्सेमा दोहारो अंकको गिरावट आउँदा सबै उपसुचक राताम्मे देखिएका छन् ।

नेप्से परिसुचक घटेपनि लगानीकर्ता उत्साहित हुँदा कारोबार रकम ११ अर्ब रुपैयाँ नाघेको छ । बिहिबार कारोबारमा आएका ३१४ वटा कम्पनीको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर १ लाख २१ हजार ५५१ पटक किनबेच हुँदा ११ अर्ब २३ करोड १४ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहिबार व्यापार समूह सबैभन्दा बढी १०४.९४ अंकले घटेको छ । उत्पादन तथा प्रशोधन समूह ७३.२३ अंकले, विकास बैंक समूह ६०.२६ अंकले, होटल तथा पर्यटन समूह ६७.६१ अंकले, बीमा समूह ५२.५४ अंकले र लघुवित्त समूह ५०.११ अंकले घटेको छ ।

पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मध्य भोटेकाशी जलविद्युतको सेयर मूल्य ५.५५ प्रतिशत, शिवश्री हाइड्रोपावरको सेयर मूल्य ४.०४ प्रतिशत, पाँचथर पावर कम्पनीको सेयर मूल्य ५.५९ प्रतिशत र अंखु खोला जलविद्युतको सेयर मूल्य ३.२३ प्रतिशतले बढेको छ ।

यता, पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भुगोल इनर्जीको सेयर मूल्य समान १० प्रतिशतले घटेको छ । कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.४४ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.९० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा हेर्दा ङ्यादी ग्रुप पावर ८५ करोड ४४ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा हेर्दा ग्लोबल आईएम ब्यालेन्सड फन्ड २२ लाख ८९ हजार ४६० इकाईकोे कारोबार सहित शीर्षस्थानमा रहँदा कारोबार संख्याको आधारमा पियोर इनर्जी २० हजार ९९९ पटकको कारोबार सहित अग्रस्थानमा छ ।

बिहिबारको कारोबार सँगै कुल बजार पूँजीकरण ४३ खर्ब ७९ अर्ब ९० करोड ३७ लाख ४० हजार रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार  १५ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।