एमआरपी लगाउन नपर्ने सम्बन्धमा भएको लबिङको विषयमा मञ्चको ध्यानाकर्षण


काठमाडौँ । वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी)को लेबल लगाउन नपर्ने सम्बन्धमा लबिङ भएको सुचनामा राष्ट्रिय उपभोक्ता मञ्चले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

मञ्चले शुक्रबार विज्ञप्ती निकालेर सबै वस्तुमा अनिवार्य गरिएको एमआरपी हटाउन लागेको विषयमा ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघका अध्यक्ष प्रेमलाल महर्जन द्धारा हस्ताक्षरीत विज्ञप्तीमा ठुला व्यवसायीहरुको पक्षपोषण हुने गरि गर्न लागिएको निर्णयले आम उपभोक्ताको अधिकारको हनन भएको उल्लेख छ । यस्तै महासंघले एमआरपी नलगाउने विषयले बजारलाई स्वच्छ, उपभोक्तामुखी नबनाउने दावी गरिएको छ । यस्ता कानुनलाई कमजोर बनाउने कार्यले सुशासन कामय हुन नसक्ने जनाएको छ । एमआरपीको विषयलाई तत्काल लागु गरेर उपभोक्ताको हक सुरक्षित पार्न प्रधानमन्त्री र नेपाल सरकारलाई अपिल पनि गरेको छ ।

उपभोक्ता संरक्षण ऐन २०७४ मा वस्तुमा लाग्ने अधिकतम खुद्रा मूल्य एमआरपी उल्लेख गरेर अनिवर्य लेबल लगाउनु पर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।