शिखर इन्स्योरेन्सको खुद बीमाशुल्क घट्यो, नाफा सामान्य बढ्दा इपिएसमा १० रुपैयाँ धेरै संकुचन

0
Shares

शिखर इन्स्योरेन्स (SICL) को गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा खुद बीमाशुल्क घटेको वित्तीय विवरण सार्वजनिक भएको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा शिखरले ४३ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा ४५ कारेड ८३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा २ करोड ४२ लाख ९७ हजार रुपैयाँले घटेको हो ।

असोज मसान्तसम्ममा कम्पनीले १२ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ८ लाख ८७ हजार रुपैयाँ मात्र बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले १२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी वार्षिक प्रतिशेयर आम्दानी ३५.५० रुपैयाँमा संकुचित बनेको छ । पूँजीवृद्धिको तुलनामा आम्दानी बढ्न नसक्दा कम्पनीको इपिएस १०.४३ रुपैयाँले घटेको हो । गत आवको यसै अवधिमा १ अर्ब ५ करोड ७३ लाख पूँजी रहँदा ४५.९३ रुपैयाँ इपिएस रहेको थियो।

कम्पनीले ९४ करोड ९७ लाख ६३ हजार रुपैयाँ दीर्घकालीन लगानी तथा कर्जा र २ अर्ब ४२ करोड ५५ लाख ६३ हजार रुपैयाँ अल्पकालीन लगानी तथा कर्जा परिचालन गरेको छ । यस अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ४ करोड ५५ लाख ३६ हजार र पुनर्बीमा कमिशनबाट १३ करोड ६६ लाख ६९ हजार रुपैयाँ आम्दानी गरेको छ ।

जगेडा कोषमा ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २६०.५० रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.९ गुणा छ । कम्पनीको बीमा कोषमा १ अर्ब ११ करोड ८४ लाख ६२२ हजार रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ४३ लाख ४३ हजार रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सले ७६ हजार ९४५ वटा बीमालेख जारी गरेकोमा १५ हजार १८५ वटा बीमालेख नवीकरण भएका छन् । यसबाट कम्पनीले ९० करोड ४३ लाख ८८ हजार रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा ९२ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो।

इन्स्योरेन्सले यस अवधिमा ३ हजार ६७१ दाबी बापत ३६ करोड २७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४ हजार ७३८ वटा दाबी बापत ८४ करोड ९८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

गत आवको यसै अवधिमा कम्पनीले ३ हजार ५९० वटा दाबी बापत ४१ करोड ८१ लाख ३९ हजार रुपैयाँ भुक्तानी गरेको थियो भने ४ हजार २९७ वटा दाबी बापत परेको ८९ करोड ८१ लाख ९८ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।