नेपाल फाइनान्स कम्पनी लिमिटेड (NFS) ले आज (मंसिर ४ गते) देखि १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरका १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन खुल्ला गरेको छ ।
कम्पनीले हाल विद्यमान चुक्ता पूँजीको १२५ प्रतिशत अर्थात १ कित्ता बराबर नयाँ १.२५ कित्ता अनुपातमा हकप्रद शेयर बिक्रीमा ल्याएको हो । फाइनान्सको हकप्रद शेयरमा कात्तिक ५ गते बुधबारसम्म कायम फाइनान्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
हाल १३ करोड ५८ लाख ५०० रुपैयाँ रहेको फाइनान्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ३० करोड ५५ लाख ५१ हजार १२५ रुपैयाँ पुग्नेछ।
धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर तथा फाइनान्सको हकप्रद शेयरमा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड कमलादी, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालयहरुबाट मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
फाइनान्सले जारी गरेको हकप्रद शेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सलाई ‘इक्राएनपि आइआर सी वान’ रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा ज्यादै उच्च जोखिम रहेको संकेत गर्दछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया