नेको इन्स्योरेन्सको खुद नाफा साढे १२ करोड, खुद बीमाशुल्क ३०.६३% बढ्यो

0
Shares

नेको इन्स्योरेन्स (NIL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६५.२१ प्रतिशतले बढोत्तरी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको यसै अवधिमा १२ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

यस्तै इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ३०.६३ प्रतिशतले बढेर ४३ करोड २८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ३३ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ५ करोड ५५ लाख, लगानी कर्जा तथा अन्यबाट २ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३७.७९ रुपैयाँ कायम भएको छ । यस्तै कम्पनीको जगेडा कोषको आकार १६.६४ प्रतिशतले बढोत्तरी गर्दै ५८ करोड ४ लाख पुर्याउँदा प्रतिशेयर नेटवर्थ २१८.४० रुपैयाँ कायम भएको छ । यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात २०.९३ गुणा छ ।

यस अवधिमा कम्पनीको बीमा कोषको आकार ३८.५७ प्रतिशतले वृद्धि गर्दै ८९ करोड ३९ लाख पुगेको छ भने महाविपत्ती कोष ४१ प्रतिशतले बढेर ८ करोड ५५ लाख रुपैयाँ सञ्चित भएको छ ।

यस अवधिमा कम्पनीले ६१ करोड ९५ लाख रुपैयाँ दीर्घकाली लगानी तथा कर्जा र २ अर्ब ७४ करोड ९० लाख रुपैयाँ अल्पकालीन कर्जा तथा लगानी गरेको छ । इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ५ करोड ५५ लाख र लगानी कर्जा तथा अन्य आयबाट २ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

असोज मसान्तसम्ममा ७८ हजार ४२ वटा बीमालेख जारी गरेको कम्पनीमा १२ हजार ६५४ बीमालेख नवीकरण भएका छन् । यस अवधिमा कम्पनीले ८६ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । पहिलो त्रैमासमा कम्पनीले १ हजार ५६६ वटा दाबी बापत २० करोड ३९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ४६९ वटा दाबी बापत ६६ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

गत आवको यसै अवधिमा कम्पनीले ६८ हजार ४५५ बीमालेख जारी गरेर ५६ करोड ३ लाख कुल बीमाशुल्क संकलन गरेको थियो। सो अवधिमा कम्पनीले ९७५ वटा दाबीको १५ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेको थियो भने १ हजार ४४८ दाबीको ३९ करोड ३८ लाख बराबरको भुक्तानी गर्न बाँकी रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।