काठमाडौँ । प्रत्येक वर्षको बजेटमा संघ सरकारले धेरै नारा उल्लेख गर्ने गरेको थियो । सरकारको नेतृत्व जुनसुकै पार्टीले गरे पनि जुनसुकै अर्थमन्त्री आए पनि नाराबिनाको बजेट आउने गरेको थिएन ।
तर गत जेठ १५ गते संघीय संसदमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ८२/८३ को बजेटमा नारा देखिदैनन् । नाराले भरिपूर्ण हुने बजेट नारारहित भएर आउनु पनि एक प्रगति भएको अर्थविदहरूले टिप्पणी गरेका थिए ।
तर असार १ गते सातै प्रदेशले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेका बजेटहरू नाराले भरिपूर्ण भएका छन् ।
सबै प्रदेशले बजेटमा कुनै न कुनै नारा समावेश गरेकै छन् । संघीयता सँगै संघ सरकारका नारा पनि प्रदेशतिर सरेको आभास हुने गरेर प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेट ल्याएका हुन् ।
संघ सरकारले अधिकार दिएन भनेर गुनासो गर्ने तर दिएको अधिकारको सही तरिकाले कार्यान्वयन नगर्ने प्रवृत्ति प्रदेश सरकारहरूमा विकास हुँदै गएको अर्थविद् डिल्लीराज खनालको भनाइ छ ।
आफुले गरेका गल्ती र आफ्नो असक्षमता ढाकछोप गरेर अब त केहि गर्छन् की भन्ने भ्रम सिर्जना गर्न प्रदेशहरूले नाराको बाढी ल्याएको उनको भनाइ छ । लोकप्रिय हुनका लागि मात्र नारा ल्याएको खनाल बताउँछन् ।
आगामी आर्थिक वर्षको बजेटमा कोसी प्रदेश सरकारले स्वच्छ, सुखी र समुन्नत प्रदेश भन्ने नारामार्फत निर्माणको दीर्घकालीन सोचअनुरुप जनताको जीवनस्तरमा सुधार गर्न सहयोग पुग्ने क्षेत्रमा स्रोत परिचालन गर्ने घोषणा गरेको छ ।
यस्तै ‘स्वस्थ माटो, स्वच्छ बाली’ अभियानअन्तर्गत माटो जाँच गरी माटोको गुणस्तर सुभार गर्न प्रांगारिक उत्पादनको प्रयोगमा प्रोत्साहन गर्ने उल्लेख गरेको छ । ‘कृषक सबैभन्दा अगाडि’ भन्ने मूल नाराका साथ व्यावसायिक कृषकको पहिचान तथा सम्मान गर्ने बताएको छ । ‘एक निर्वाचन क्षेत्र, एक विशिष्ठ उद्यम’ अभियानका लागि बजेट विनियोजन गरेको जनाएको छ ।
‘प्रदेशको समृद्धिका लागि वन’ भन्ने नाराका साथ प्रदेशभित्रको राष्ट्रिय वन प्रणालीको सम्वर्द्धन र व्यवस्थापन गर्नका लागि बजेट विनियोजन गरेको छ । ‘वन, भूमि र जैविक विविधताको दिगो व्यवस्थापनका लागि क्षमता अभिवृद्धि आयोजना सञ्चालन गर्नै उल्लेख गरेको छ । संरक्षित जलाधार, समृद्धिको आधार’ भन्ने नाराका साथ समुदायमा आधारित एकीकृत भू तथा जलाधार संरक्षण, भूमिगत जल पुनर्भरण गरिने घोषणा गरेको छ ।
‘कोसीको गौरव हिमालयको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ नाराले पर्यटन दशक मनाउने जनाएको छ । सक्षम छोरी र कोसी प्रदेशको सान ज्येष्ठ नागरिकको सम्मान भन्ने नारा पनि अघि सारेको छ । यस्तै मेरो स्वास्थ्य मेरो जिम्मेवारी, एक घर एक धारा, प्रदेशको रहर , स्वच्छ शहर लगायतका विभिन्न नारा बजेटमा उल्लेख गरेको छ ।
यस्तै मधेस सरकारले किसानको वारी स्वयंसेविकाको छहारी, कृषिको आधार, माटोको सुधार भन्ने नाराका साथ किसान र कृषिको विकास गर्ने उल्लेख गरेको छ ।
‘चुरे जोगाउ, मधेस बचाउ’ नारा सञ्चालन गर्ने उल्लेख गरेको छ । यस्तै ‘हात हातमा सवारी, घर घरमा रोजगारी’ नारालाई आत्साथ गर्दै रोजगारी सिर्जना गरिने जनाएको छ । खेली मधेस जिति मधेस’ नारा मार्फत खेलकुदलाई विकास गरिने जनाएको छ । एक निर्वाचन क्षेत्र एक सडक र सडकको मर्मत सम्भार दिगो सडकको आधार लगायतका विभिन्न नाराहरू बजेटमा उल्लेख गरिएका छन् ।
यसैगरी बागमती सरकारले पनि नारालाई जोडबल दिएको पाइन्छ । समृद्ध बागमती प्रदेश, सुखी प्रदेशबासीको आकांक्षा, एक वडा एक कृषि उत्पादन भन्ने एक प्रदेशसभा निर्वाचन क्षेत्र, एक प्राङ्गारिक मल उत्पादन कारखाना नारा मार्फत कृषिको विकास गरिने घोषण गरेको छ । सीमान्तकृत चेपाङ समुदायको संरक्षणका लागि चेपाङ, चिउरी र मौरी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
यस्तै युवालाई स्वदेशमै रोजगार समृद्ध प्रदेशको आधार र एक कार्यालय एक वस्तु विकास केन्द्र भन्ने नारा अघि सारेको छ । जहाँ उत्पादन त्यहाँ राजगारी, एक स्थानीय तह, एक प्रमुख उद्योग र एक वडा एक उद्यम कार्यक्रम ल्याएको छ ।
स्वस्थ नागरिक गुणस्तरीय जीवनयापन, मेरो स्वास्थ्य मेरो जिम्मेवारी एक घण्टा मेरो लागि, एक जिल्ला एक स्वस्थ शहर, एक स्थानीय तह एक नमूना स्वास्थ्य संस्था लगायतका विभिन्न नारा बजेटमा उल्लेख गरेको छ । युवालाई सर्वाङ्गीण विकास, राष्ट्र निर्माणको आधार लगायतका विभिन्न लोकप्रिय नाराहरू बजेटमा उल्लेख गरिएको छ ।
यसैगरी गण्डकी प्रदेश सरकारले आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशवासीको नारा ल्याएको छ । राउण्ड फेवा भ्यू फेव, प्रदेशको उत्पादन प्रदेशको पहिचान, पोखरा जाऔँ प्रकुतिसँग रमाऔँ भन्ने नाराहरू अघि सारेको छ ।
पहिले घरदेश अनि परदेश, गण्डकको खास बसौँ घरबास, समय घटाउने आम्दानी बढाउने भन्ने नाराहरू मार्फत रोजगारीको सिर्जना गरिने बजेटमा उल्लेख गरिएको छ । यसका साथै एक घर एक धारा, सदाचारयुक्त गण्डकी प्रदेश समुन्नत प्रदेश प्रभावकारी सार्वजनिक सेवा लगायतका विभिन्न नाराहरू बजेटमा समावेश गरिएका छन् ।
यस्तै लुम्बिनी प्रदेशले घरदैलोमा प्राविधिक सेवा व्यावसायिक कृषिजन्य उत्पादनमा टेवा भन्ने नारा अघि सारेको छ । क्रेता र बिक्रेताको सम्बन्धमा आधार उचित मूल्य, गुणस्तरीय वस्तु, विश्वासको व्यापार, व्याक टु नेचर व्याक टु कल्चर भन्ने नाराहरू अघि सारेको छ । हिमालयन उर्यटनको हब, लुम्बिनीमा पाइला टेक भन्ने नारालाई प्राथमिकताका साथ अघि सारिने जनाएको छ ।
तराईमा रमाउने पहाडमा घमाउने र हिमाल चढाउने, मोबाईल हातमा यातायात सेवा साथमा भन्ने नाराहरू पनि बजेटमा उल्लेख गरिएका छन् । यसका साथै नागरिकको योगदान महिनाको एक दिन श्रमदान, मेरो विद्यालय मेरो दायित्व, पढ्दै सिक्दै कमाउदै र शिक्षासँगै सीप, लुम्बिनीका महिला उद्यमशीलतामा पहिला अभियान सञ्चालन गरिने जनाएको छ ।
मानसिक स्वास्थ्यमा सुधार स्वस्थ जीवनको आधार, हरियाली सहीतका सडक पूर्वाधार सहरी सुन्दरताको आधार, कृषकका गह्रा सधै हराभरा लगायतका विभिन्न नाराहरू बजेटमा उल्लेख गरिएको छ ।
यस्तै कर्णाली सरकारले पनि नारामा अरु प्रदेशहरूसँग प्रतिस्पर्धा गरेको देखिन्छ । आागामी आर्थिक वर्षमा समृद्ध कर्णाली सुखारी कर्णालीवासी, सुशासन समाजिक न्याय र समृद्ध कर्णाली नारा उल्लेख गरेको छ ।
एक गाँउ एक व्यावसायिक फलफुल बगैँचा र व्यावसायिक कृषिको आधार सा्रोत केन्द्रको विकास, स्वस्थ माटो, स्वस्थ बाली स्वस्थ जीवन र विस्तार भन्ने नारा मार्फत कृषिमो विकास र प्रवर्द्धन गरिने जनाएको छ । मेक इन कर्णाली केड इन कार्णाली अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।
विदेशको अनुभव स्वदेशमा अवसर, सैसारको गन्तव्य नेपाल नेपालको गन्तव्य कर्णाली नारा पनि अघि सारेको छ । व्यवस्थित वन तथा जलाधार संरक्षणको आधार, कर्णालीको जडीबुटी प्रदेशको ढुकुटी, दिगो भौतिक पूर्वाधार कर्णाली विकासको आधार, हामी सुधार्छाै हाम्रो विद्यालय र हप्ताको एकबार किताब रहित शुक्रबार लगायतका लोकप्रिय नाराहरू अघि सारेको छ ।
सुदुपश्चिम सरकार पनि नारामा प्रतिस्पर्धी नै देखिएको छ । एक सथानीय तह दुई उत्पादन, कृषकलाई टेवा घरदैलोमा सेवा, एक जिल्ला एक उद्यम लगायतका नाररलाई आत्मसाथ गरेर कृषिको विकास गरिने जनाएको छ ।
पर्यटन पूर्वाधार समृद्धिको आधार, एक जिल्ला एक क्रिकेट खेल मैदान निर्माण, एक घण्टा आफ्नै लागि नाराहरू ल्याएको छ । म सुरक्षित मेरो घर सुरक्षित लगायतका नाराहरू र विभिन्न व्यक्तिहरूको नाममा स्मुती कार्यक्रमको रुपमा पनि नाराहरू ल्याइएको छ ।
नाराहरूले आफै विकास नहुने र विकास गर्नका लागि व्यावहार चासहने अर्थविद खनालको भनाइ छ । प्रदेशहरूले लोकप्रियताका लागि बजेटमा नाराहरू उल्लेख गरेको भन्दै उनले काम गरेर लोकप्रिय हुन सरकारहरूलाई आग्रह गरेका छन् ।










प्रतिक्रिया